सर्लाही – सर्लाहीमा खेत जोत्ने ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा जील्लाको बलरा नगरपालिका – ९, अचलगढका रुस्तम भनिने राजेश साह रहेका छन्।
आज (मंगलबार) बिहान सोहि ठाउँमा खेत जोतेर फर्कने क्रममा ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो। ट्याक्टर खेतबाट सडकमा उत्राने क्रममा एक्कासी सडक छेउको खाल्डोमा परेको हो।
ट्याक्टर चालक र ट्याक्टर आफ्नै रहेको बुझिएको तथा अहिले प्रहरी घटनास्थलमा खटिएको र घटनाका सम्बन्धमा अनुसन्धान भईरहेको सर्लाही प्रहरीले जनाएको छ।