सर्लाही – आउँदो शनिबार देखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) युट्युबबाट हेर्न सकिने भएको छ। एनपिएलको पहिलो संस्करणका सबै खेलको युट्युब प्रशारण डिश होमको एक्सन स्पोर्ट्सबाट हुने सम्झौता भएको हो ।
एनपीएलको व्यवसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड लजिक र डिश मिडिया नेटवर्कबीच मंगलबार यस सम्बन्धि सम्झौता भएको हो । अब नेपालमा एनपिएलका खेलहरू एक्सन स्पोर्ट्सको आधिकारिक युट्युब च्यानल मार्फत प्रत्यक्ष रूपमा हेर्न सकिने भएको छ ।
त्यस्तै एनपिएल टेलिभिजनमा भने स्टार स्पोर्ट्स नेटवर्कले प्रसारण गर्नेछ । भारतमा डिजिटल प्रशारण भने फ्यानकोडले गर्ने भएको छ । एनपीएल कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शनिवारदेखि शुरु हुदै छ ।