वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने सर्लाहीकि एक महिलासहित दुई जना पक्राउ

२०८१ मंसिर १२, बुधबार १३:१४

सर्लाही – वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोग सर्लाहीकि एक महिलासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सर्लाहीको ब्रम्हपुरी गाउँपालिका-३ घर भई काठमाडौं टोखा नगरपालिका-८ बस्ने २८ वर्षीया मनिषा कुमारी र मकनवानपुर बकैया गाउँपालिका-५ घर भई काठमाडौं नागार्जुन नगरपालिका-५ सितापाइला बस्ने ३९ वर्षीय सुवर्ण कुमार बल रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ मध्ये मनिषाले दुवई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ४५ हजार रूपैयाँ र सुवर्णले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १५ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुवर्णलाई काठमाडौं बाफलबाट सोमबार र मनिषालाई काठमाडौं नयाँ बसपार्कबाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौंमा पठाईएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार