सर्लाही – सिरहामा गर्भवती हुने औषधि भन्दै निःसन्तान महिलालाई ठगी गर्ने एक जना ‘बाबा’ पक्राउ परेका छन्। पक्राउ पर्नेमा जील्लाको धनगढीमाई नगरपालिका– ५ गोठटोलका करिब ६५ वर्षीय दुःखी ठाकुर रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनलाई उनकै घरबाट पक्राउ गरिएको हो। उनले सन्तान नभएका महिलालाई प्रलोभनमा पारी ठगी धन्दा चलाउँदै आएका थिए।
आफूलाई मसानी बाबा बताउँदै घरनजिकैको शिव मन्दिर प्रांगणमा तन्त्रमन्त्र, झारफुक र घरेलु औषधिबाट सन्तान नहुने महिलालाई ग्यारेन्टीसहित गर्भवती बनाइने भन्दै प्रलोभन दिने गर्दथे, तर, गर्भवती बनाएबापत देवीदेवतालाई खुसी पार्न प्रसाद तथा नगद रकम चढाउनुपर्छ भन्दै करिब सयजना महिलासँग ठगी गरेको खुलेपछि अदालतको अनुमतिमा पक्राउ गरिएको हो।
उनले सर्लाहीसहित सिराहा, धनुषा, महोत्तरी तथा भारत बिहारका विभिन्न ठाउँका गरी करिब सयजना महिलालाई ठगी गरेको भन्दै ३१ जनाले १८ लाख ६० हजार रुपैयाँ बिगो राखी ठगीविरुद्ध जाहेरी परेको छ। विभिन्न प्रलोभन दिएर आफूहरूसँग रकम असुलेका व्यक्ति पक्राउ गरेको खबर पाएलगत्तै धनुषा, महोत्तरी, सिराहालगायत जिल्लाका करिब डेढ दर्जन महिला रकम फिर्ताको माग गर्दै बुधबार दिउँसो लहान प्रहरी कार्यालय पुगेका थिए ।