सर्लाही – सरकारले उखुको समर्थन मूल्य निर्धारण गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले नयाँ समर्थन मूल्य निर्धारण गरेको हो । जसानुसार गत बर्षको तुलनामा प्रतिक्विन्टल २० रुपैयाँ बढाएर नयाँ समर्थन मूल्य निर्धारण गरिएको छ।
अब किसानले उखुमिल अर्थात उद्योगीबाट प्रतिक्विन्टल झन्डै ५ सय ८५ रुपैयाँ पाउने छन् । देशको आर्थिक अवस्थालाई समेत ख्याल गरेर अनुदानबापत दिने रकम पछि निर्धारण गर्ने सरकारले जनाएको छ । सरकारले यसअघि उखु किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिएको थियो ।
यसैगरी, सर्लाहीमा चिनी उद्योगले यस सिजनको क्रसिङ सुरु गरिसकेका छन्। जील्लामा तीन वटा चिनी उद्योग रहेकामा दुई वटा उद्योगले क्रसिङ सुरु गरिसकेका छन् भने एउटा चिनी उद्योगको क्रसिङ सुरु गर्न अन्तिम तयारीमा रहेको पाईएको छ।