सर्लाही – सर्लाही प्रहरीले अवैध काठसहित ट्याक्टर र ट्याक्टरका चालकलाई पक्राउ गरेको छ।
जील्लाको लालबन्दी नगरपालिका ११ हीरापुरबाट हिजो (बिहिबार) बिहान अवैध काठसहित प्रदेश २-०३-००१ त १५०७ नम्बरको ट्याक्टर र ट्याक्टरका चालक सिन्धुलीको मरिण गाउँपालिका – ४ जुटपानीका २३ वर्षीय सविन बम्जनलाई नियन्त्रणमा लिईएको हो।
प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका-४, बाट सर्लाहीको लालबन्दीतर्फ आउंदै गरेको उक्त ट्याक्टर चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिइएको हो। प्रहरीले उक्त ट्याक्टरबाट सालको तयारी झ्याल १२ थान र ढोका ११ थान बरामद गरेको छ।
नियन्त्रणमा लिइएको ट्याक्टर र २३ थान सालको काठबाट बनेको झ्यालढोका गरी ६ लाख ७४ हजार ८०० राजश्व मूल्यांकन गरी आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय सर्लाही पठाइएको जील्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।