सर्लाहीमा प्रहरी चौकी नजिकैको नालामा नवजात शिशुको शव फेला

२०८१ मंसिर १४, शुक्रबार १७:५०

मलंगवा – सर्लाहीको सदरमुकाम मलंगवास्थित गोरखकाली प्रहरी चौकी नजिकैको नालामा नवजात शिशुको शव फेला परेको छ।

शुक्रबार बिहान जिल्लाको मलंगवा नगरपालिका-२, झण्डा बजार जाने सहायक सडकमा रहेको एक होटल छेउको र गोरखकाली प्रहरी चौकी नजिकैको नालामा एक नवजात शिशुको शव बेवारिसे अवस्थामा फेला परेको हो।

स्थानीयले उक्त नालामा रहेको पानीमा नवजात शिशुको शव देखेका थिए। त्यसपछि प्रहरीलाई खबर गरेको बताईएको छ। यसका सम्बन्धमा थप बुझ्न जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारीलाई सम्पर्क गर्दा उनको फोन रिसिभ भएन।

केहि महिना पहिला पनि जील्ला सदरमुकाम मलंगवा मै नवजात शिशुको शव भेटिएको थियो, त्यति मात्र होइन त्यसको केहि दिन पहिला पनि यस क्षेत्रमा नवजात शिशुको शव फेला परेको थियो।

जील्लामा मापदण्ड पूरा नगरी संचालन भइरहेका क्लिनिकहरुका कारण यसरि हरेक समय नवजात शिशुको शवहरु फेला पर्ने गरेको स्थानिय वासीहरु बताउँछन्। साथै, यहाँ नियमन निकायको कमि कमजोरीका कारण पनि यस्तो भईरहेको बताईन्छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार