बढ्यो पेट्रोल र हवाई इन्धनको मूल्य, प्रतिलिटर कति पुग्यो ?

२०८१ मंसिर १५, शनिबार २०:४०

बर्दिबास – नेपाल आयल निगमले पेट्रोल र हवाई इन्धनको मूल्य बढाएको छ । निगमले शनिवार राती १२ बजेदेखि लागु हुनेगरी पेट्रोलमा १ रुपैयाँ, हवाई इन्धन (आन्तरिक) मा २ रुपैयाँ र हवाइ इन्धन (अन्तर्राष्ट्रिय) प्रति किलोलिटर काठमाडौंमा १५, पोखरामा ३४ र भैरहवामा ३३ अमेरिकी डलरले बढाएको हो ।

अब पेट्रोलको मूल्य काठमाडौं, पोखरा र दिपायलमा १६० रुपैयाँ, सुर्खेत र दाङमा १५९ रुपैयाँ र बाँकी क्षेत्रमा १५७.५० रुपैयाँ पर्नेछ । त्यस्तै, हवाई इन्धन (आन्तरिक) प्रतिलिटर १२८ रुपैयाँ पर्नेछ भने अन्तराष्ट्रिय हवाई इन्धन (अन्तर्राष्ट्रिय) काठमाडौंमा ९७५, पोखरामा ८१८ र भैरहवामा ८०२ अमेरिकी डलर पर्नेछ ।

qnfdg-1732978231.jpg

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार