बर्दिबास – सर्लाहीमा शुक्रबार दुई जना मृत फेला परेका छन्। जील्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार जील्लाको रामनगर र लालबन्दीमा एक एक जना गरि दुई जना मृत फेला परेका हुन्।
हिँजो (शुक्रबार) साँझ जील्लाको रामनगर गाउँपालिका-२, इनर्वामा स्थानीय आलम गिर मियाका १५ वर्षका छोरा युएक मिया आफ्नै घरको कोठामा मृत फेला परेका हुन्। उनि आफ्नै कोठामा ढोका बन्द गरेर सुतेका थिए तर साँझ अबेर सम्म पनि बाहिर नआएपछि आफन्तले ढोका फोडेर हेर्दा कोठाको भुइँमा लडेको अवस्था मृत फेला परेका परेका हुन्।
यस्तै, हिँजो (शुक्रबार) नै जील्लाको लालबन्दी नगरपालिका-४ करैयाका ५५ वर्षीय धयनवा चौधरी सोहि नगरपालिकास्थित तरकारी बजार नजिकै रहेको पाकर गाछीको चौतारामा मृत फेला परेका छन्। मृतक चौधरीको शरीरमा कुनै प्रकारको चोटपटक नलागेको प्रहरीले जानकारी दिएको छ।
शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पतालमा राखिएको र दुवै घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको छ।