स्थानीय तह उपनिर्वाचन शान्तिपूर्ण रुपमा सकियो

२०८१ मंसिर १६, आईतवार १८:४८

सर्लाही – स्थानीय तहको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सकिएको छ। स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि आज निर्वाचन गरिएको थियो।

बिहान ७ बजेदेखि सुरु भएको निर्वाचन अपराह्न ५ बजेसम्म सबै निर्वाचनस्थल र केन्द्रमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार उपनिर्वाचनमा ६२ प्रतिशत मत खसेको छ।

देशभरका विभिन्न ४१ स्थानमा सम्पन्न स्थानीय तहको उपनिर्वाचन भएका ४१ स्थानमध्ये अधिकांश वडामा आजैबाट मतगणना सुरु हुने बताईएको छ। उपनिर्वाचनको मतपरिणाम आउन पर्सिपल्ट नभई भोलिपल्ट नै अन्तिम मतपरिणाम आउने तयारी गरिएको छ। निर्वाचनको मतपरिणाम आयोगको वेबसाइटबाट हेर्न सकिने छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार