सर्लाही – घुस रकमसहित ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ।
सोमबार रोल्पा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक ललितकुमार बुढाथोकीलाई सेवाग्राहीबाट लिएको घुस रकमसहित नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।
आयोगका अनुसार बुढाथोकीले सवारीसाधन आवत/जावत गर्न सहजीकरणका निम्ति भन्दै सेवाग्राहीबाट २५ हजार रुपैयाँ घुस लिएका थिए। उनलाई आज सोमबार रोल्पा नगरपालिका–४ स्थित उनकै निवासबाट पक्राउ गरिएको र यस बिषयमा अनुसन्धान भईरहेको बताइएको छ।