सर्लाही – सर्लाहीको रामनगर गाउँपालिका-३ स्थित गढीमाई मन्दिरको उद्घाटन गरिएको छ। मन्दिरको उद्घाटन (आज) सोमबार एक कार्यक्रमकाबिंच संबिधान सभा सदस्य शिव पुजन रायद्वारा गरिएको हो।
प्रत्येक पाँच बर्षमा मनाईने गढीमाई मेलाको आजबाट प्रारम्भ भएको छ। सोहि अवसरमा मन्दिरको उद्घाटन गरिएको हो। मन्दिर उद्घाटनको दिन आज गढीमाईको दर्शन गर्नेहरुकोसमेत भिड लागेको थियो। मन्दिरको उद्घाटनले यस क्षेत्रलाई पर्यटन पर्वधनमा टेवा पुग्ने बिश्वास गरिएको छ।
मन्दिर उद्घाटन कार्यक्रममा संबिधान सभा सदस्य शिव पुजन राय, रामनगर गाउँपालिकाका अध्यक्ष राजाबाबु यादव, गाउँपालिका भित्रका वडा अध्यक्षहरु, बलरा नगरपालिकाका नगरप्रमुख रामशंकर कुशवाहालगायत ठुलो संख्यामा स्थानियाहरुको उपस्थिति रहेको थियो।