बलरामा विज्ञान प्रदर्शनी मेला आजबाट सुरु

२०८१ मंसिर १८, मंगलवार ०७:०३

मलंगवा – सर्लाहीको बलरामा आजबाट जिल्ला स्तरीय विज्ञान प्रदर्शनी मेला सुरु हुने भएको छ। बलरा नगरपालिका र युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालय सिंहदरबार, काठमाडौंसँगको सहकार्यमा उक्त प्रदर्शनी मेला हुँदै छ।

मेला (आज) मंशिर १८ गतेबाट सुरु भई १९ गते (दुई दिनमा) सम्पन्न हुने आयोजकले जनाएको छ। आयोजकका अनुसार विद्यार्थीको रचनात्मकता, वैज्ञानिक सोच र नवीनतम आविष्कारको विकास र विस्तार गर्ने उद्देश्यले उक्त प्रदर्शनी मेलाको आयोजना गरिएको हो।

प्रदर्शनीमा विज्ञान तथा आविष्कारका स्टल राख्नका लागि शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीले जिल्लाभरबाट विद्यालय छनौट गरिसकेको छ । प्रदर्शनीमा स्टल राख्नका लागि जिल्लाका १४ स्थानीय तहका ३७ वटा विद्यालय छनौट भएका छन्। मेलामा उत्कृष्ट हुने विद्यालयलाई पुरस्कृत गरिने छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार