सर्लाही – धनुषामा उखु बोकेको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
जील्लाको धनुषाधाम नगरपालिका-६ स्थित जगदेव पुल नजिकै उखु बोकेको ज १ त ४६१६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा महोत्तरीको भंगहा नगरपालिका – ४ बिर्ताका २८ वर्षीय सुनिल दासको मृत्यु भएको हो।
दुर्घटनामा परेर गम्भीर घाइते भएका चालक दासलाई लालगढ मोडेल हस्पिटलमा लग्दा चिकित्सकले मृत घोषणा गरेका हुन्। मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको प्रहरीले जनाएको छ।