यहि मंसिर २६ गते भारत भ्रमणमा जाँदै प्रधानसेनापति सिग्देल

२०८१ मंसिर १९, बुधबार २१:२०

सर्लाही – आउँदो मंसिर २६ गते नेपाली सेनाका प्रधानसेनापति महारथी अशोकराज सिग्देल भ्रमणमा जाने भएका छन्।

भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणमा उनी भारत भ्रमणमा जान लागेका हुन्। भ्रमणका क्रममा उनी भारतका राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

निर्देशनालयका अनुसार प्रधानसेनापति सिग्देलले भारतका उच्च पदस्थ पदाधिकारीसँग भेटघाट गर्नुका साथै भारतीय सैनिक प्रतिष्ठानमा तालिमरत अधिकृत क्याडेटहरूको अन्तिम दलेल कवाजमा प्रमुख अतिथिको रूपमा सहभागी हुने पनि जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार