गोडैता: प्रमुख प्रशासकीय अधिकृत शम्भु यादवका कारण स्वास्थ्य स्वयंसेविकाहरुले पाएनन साईकल

२०८१ मंसिर २०, बिहीबार १७:४२

गोडैता – आज (बिहिबार) देशैभर २१ औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाईयो। दिवसका अवसरमा स्वास्थ्य सेवामा खटिएका स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गरियो।

सोहि अवसरमा सर्लाहीको गोडैतामा पनि उक्त दिवसका अवसरमा एक कार्यक्रमको आयोजना गरियो र दिवस मनाईयो पनि, तर मातृ शिशु तथा परिवार योजना कार्यक्रम जनताको घरदैलो सम्म पुर्‍याउने महिला स्वास्थ्य स्वयंसेविकालाई भने गोडैता नगरपालिकाले दिने भनेको साईकल वितरण गर्न सकिएन।

कार्यक्रममा उपस्थित सरोकारवालाहरुले भने एक अर्कालाई दोष लगाउँदै आफू बच्ने प्रक्रिया तर्फ लागे, केहि बर्ष पहिले देखि नै आफूहरुलाई सेवा प्रबाह गर्न साईकल भईदिए झन् सहज हुने भन्दै महिला स्वास्थ्य स्वयंसेविकाहरुले साईकलको माग गरेका थिए।

उनीहरुको माग सम्बोधन हुने तथा आजै (राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस) का दिन साईकल बितरण गर्ने यसघि भनिएकामा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्भु यादवको लापर्वाहिले आज साईकल वितरण गर्न नसकिएको नगरप्रमुख देबेन्द्र यादवले बताए।

यादवका अनुसार आफूहरुले सकेसम्म पहल गरेपनि उक्त काम गर्न नसकिएको बताए। उनले प्रमुख प्रशासकीय अधिकृत यादवलाई संकेत गर्दै भने ‘कुच लोग झुट बोलेमे स्मार्ट होईछै, यी बातके हम बहुत दिन से बोलत आइलक्षि, ह एकरा हम महशुस भी करत आईछि और बहुत आदमी काम करेमे स्मार्ट होइछै…….

साथै, स्वास्थ्य शाखा गोडैताका प्रमुख प्रमोद पण्डितका अनुसार उक्त कामको लागी आफूले महिनौ देखि पहल गरिरहेको र मेयर सावलाई तिन पटकसम्म भनेको र मेयर साबले आफ्नै अगाडी प्रमुख प्रशासकीय अधिकृत शम्भु यादवलाई उक्त काम गर्न आग्रह गर्दा समेत उक्त काम हुन् नसकेको बताए।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शम्भु यादव भने उपस्थित थिएनन। यस्तै, कार्यक्रममा स्वास्थ्य स्वयंसेविकाहरुले के कसरि काम गरिरहेको, के कस्ता समस्याहरु झेल्नु परि रहेको तथा समस्याहरुको समाधान कसरि गर्न सकिन्छ भन्ने बिषयमा अन्तरक्रियासमेत गरिएको थियो।

यसका साथै कार्यक्रमको अवसरमा पालिका भित्र रहेका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई सेवा प्रबाहमा सहजता होस् भन्ने उद्देश्यले प्रत्येक महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई एक/एक वटा झोला बितरण गरिएको थियो।

सम्बन्धित खबर:
गोडैतामा पनि मनाईयो राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार