धनुषामा घाँस काट्न भन्दै घरबाट निस्किएकी एक महिलाको विभत्स हत्या, तीन जना पक्राउ

२०८१ मंसिर २१, शुक्रबार ०९:४०

सर्लाही – धनुषामा घाँस काट्न भन्दै घरबाट निस्किएकी एक महिलाको विभत्स हत्या भएको छ। जील्लाको विदेह नगरपालिका ५ मुरिबा टोलीकी ४० वर्षीया रामपरी देव ठाकुर वडहीको हत्या भएको हो ।

उनको शव घर भन्दा करिब डेढ किलोमिटर टाढा खेतमा भेटिएको थियो। त्यसमा पनि उनको टाउको र शरिर छुट्टा-छुट्टै स्थानमा फेला परेको छ। उनको टाउको भने कमला नदीको नहरमा भेटिएको छ भने उनको शरीर नग्न अवस्थामा खेतमा भेटिएको थियो।

हत्या भएकी महिलाको श्रीमान लामो समयदेखि वैदेशिक रोजागारमा रहेको बुझिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनामा संलग्न भएको आशंकामा तीन जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाईएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार