मधेशमा यस बर्ष धान उत्पादनमा वृद्धि, कुन जील्लामा कति उत्पादन ?

२०८१ मंसिर २२, शनिबार १४:५८

सर्लाही – यस वर्ष मधेस प्रदेशमा धान उत्पादनमा वृद्धि भएको छ । गत आर्थिक वर्षमा १२ लाख ९६ हजार छ सय ७ मेट्रिकटन धान उत्पादन भएकामा यस बर्ष १५ लाख दुई हजार ४५८ मेट्रिकटन धान उत्पादन भएको हो।

कृषि प्रसार अधिकृत रोशनकुमार मेहताका अनुसार गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा दुई लाख पाँच हजार २५१ मेट्रिकटन बढी धान उत्पादन भएको छ। सबैभन्दा बढी धान उत्पादन सप्तरीमा तथा सबैभन्दा कम रौतहटमा भएको छ ।

सप्तरीमा दुई लाख ६१ हजार १२० मेट्रिकटन, रौतहटमा एक लाख ५० हजार ४८० मेट्रिकटन, पर्सामा एक लाख ८४ हजार ७४९ मेट्रिकटन, सर्लाहीमा एक लाख ८२ हजार १६० मेट्रिकटन र धनुषामा एक लाख ६६ हजार २६० मेट्रिकटन धान उत्पादन भएको छ ।

महोत्तरीमा एक लाख ६७ हजार ७७० मेट्रिकटन, सिरहामा दुई लाख नौ हजार ५२० मेट्रिकटन र बारामा एक लाख ८० हजार ३०० मेट्रिकटन धान उत्पादन भएको छ।रोपाइँ र त्यसपछिको समयमा पानी परेको थियो । मल र बीउ समयमा नै उपलब्ध भएकाले धान उत्पादन बढेको हो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार