सर्लाही – आज (आईतबार) मधेस प्रदेशमा सार्वजनिक बिदा दिईएको छ। गत मंगलबार एक सूचना जारि गर्दै प्रदेस सरकारले प्रदेशभर मंसिर २३ गते सार्वजनिक बिदा दिएको जानकारी गराएको थियो।
बाराको महागढीमाई नगरपालिकामा लाग्ने गढीमाई मेलाका अवसरमा उक्त दिन सार्वजनिक बिदा दिइएको हो। पाँच बर्षमा मनाईने विश्वप्रसिद्व गढीमाई मेलाको गत सोमबारदेखि प्रारम्भ भएको छ।
यस्तै सोहि मेलाको अवसरमा सर्लाहीका पनि बिभिन्न स्थानिय तहमा सार्वजनिक बिदा दिइएको छ।