सर्लाही – गढीमाई मेलास्थलमा हतियार देखाउँदै हिँडेका सर्लाहीका एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा जिल्लाकै बलरा नगरपालिका–६, मिर्जापुर निवासी इन्दल सहनीका अन्दाजी १८ वर्षीय छोरा गोलु भनिने अमरजितकुमार सहनी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
प्रहरीका अनुसार उनलाई आईतबार (हिंजो) साँझ बलरास्थित गढिमाई मेलास्थलमा हतियार देखाउँदै झैझगडा गरिरहेको अवस्थामा पक्राउ गरिएको हो। प्रहरीले उनको साथबाट एक थान चाइनिज पेस्तोल र एक थान नलकटुवा बरामद गरेको छ ।