बारामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

२०८१ मंसिर २४, सोमबार १३:४२

सर्लाही – बारामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा भारत मोतीहारी दरपा थाना नरकटिया गाउँ बस्ने १७ वर्षीय सहिल साह रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बाराको कलैया उपमहानगरपालिका-४ स्थित फुपाजुको घरमा आएका उनको आइतबार राति मोबाइल चार्ज गर्ने क्रममा करेन्ट मृत्यु भएको हो। करेन्ट लागेर उनि गम्भीर घाइते भएका थिए।

घाइते उनलाई उपचारका लागि कलैयास्थित प्रादेशिक अस्पतालमा लगिएको र सोहि अस्पतालमा उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार