सर्लाहीमा छोराको कुटपिटबाट बृद्वा आमाको मृत्यु, छोरा पक्राउ

२०८१ मंसिर २५, मंगलवार ०७:१५

सर्लाही – सर्लाहीमा आफ्नै छोराको कुटपिटबाट आमाको मृत्यु भएको छ। जिल्लाको विष्णु गाउँपालिका-६ सिमरामा स्थानिय ३२ वर्षीय भगलु मण्डलको कुटपिटबाट आफ्नै ६५ वर्षीया आमा फुलकुमारी देवीको मृत्यु भएको हो।

प्रहरीका अनुसार घरायसी बिबादका क्रममा भगलुले कुटपिट गर्दा फुल कुमारी गम्भीर घाइते भएकी र उनलाई प्रहरी र स्थानीयको सहयोगमा स्थानीय अस्पतालमा उपचारका लागि लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि बिरगंज लग्दै गर्दा बाटोमै उनको मृत्यु भएको हो।

बृद्वा आमालाई कुटपिट गरि हत्या गर्ने छोरा भगलुलाई पक्राउ गरेर घटनाका सम्बन्धमा अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार