सर्लाही – गढीमाई दर्शन गरेर सिराहा फर्कँदै गरेका दर्शनार्थी चढेको स्कर्पियो रौतहटमा दुर्घटना हुँदा चालकसहित आठ जनाको मृत्यु भएको छ।
रौतहटको चन्द्रपुर नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गको धन्सार–लमाहा खण्डमा आज बिहान बा १६ च ३१६२ नम्बरको स्कर्पियो अनियन्त्रित भई रोडबाट तल दाहिने साइडको रुखमा ठोक्किएर दुर्घटना हुँदा गढीमाई दर्शन गरेर फर्कँदै गरेका दर्शनार्थीहरुको मृत्यु भएको हो।
जील्ला प्रहरी कार्यालय रौतहटका अनुसार दुर्घटनामा मृत्यु भएकाहरुमध्ये एक जनाको सनाखत भएको छ भने अन्यको सनाखत हुन् सकेको छैन। अहिले प्रहरीको टोलि घटनास्थलमा खटिएको र घाईतेहरुको उद्वार गरिरहेको बताईएको छ। घाईतेमध्ये आठ जनाको मृत्यु भएको छ।
सिराहा अर्नमा गाउँपालिका–३ का ६० वर्षीया फुलमन्ति रामको उपचारको क्रममा मृत्यु भएको छ भने अन्यको अहिले सनाखत हुन् सकेको छैन अहिले घाईतेहरुको स्थानिय अस्पतालहरुमा उपचार भईरहेको छ।