सर्लाही – स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले रवि लामिछानेमाथि सरकारबाट निरंकुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरिएको भन्दै निन्दा गरेका छन् ।
आज (मंगलबार) बिहान सामाजिक संजालमा एक पोस्ट गर्दै छिटो छरितो अनुसन्धान सकाएर अदालत मार्फत टुङ्याउन सरकारसङग माग गरेका छन्। उनले लेखेका छन्।
‘राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति तथा प्रत्यक्ष निर्वाचित सांसद मा.रबि लामिछ्लाइ लामो समय देखि सुनियोजित तरिकाले भैरहेको अनुसन्धान प्रती ध्यानाकर्षण भएको छ।कुनै ब्यक्ति लाई अनुसन्धान को नाममा धरपकड गर्ने उपचार गर्ननदिने र अनुसन्धान क्रममा अपराधी जस्तो व्यबहार गरिनु आफैमा निन्दनीय र गैरकानुनी हो। अदालतबाट दोषी ठहर नभएका तर सरकारले गरिरहेको निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहारको निन्दा गर्दछु। छिटोछरितो अनुसन्धान सकाएर अदालत मर्फत टुङ्याउन सरकार सङ माग गर्दछु। ‘