सर्लाही – सर्लाहीमा सात बर्षिया बालिकामाथि जवरजस्ती करणी प्रयास गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा जील्लाको हरिवन नगरपालिका–११, निवासी २० वर्षीय अरवाज शेख रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार अरवाजले हिँजो (सोमबार) दिउँसो हरिवन नगरपालिका–४ पटौना र ८ चापिनीको सीमामा पर्ने चापिनी खोलाको पुलमा खेल्दै गरेकी एक स्थानीय सात बर्षिया बालिकामाथि जवरजस्ती करणी प्रयास गरेका थिए।
खोलाको पुुलमा खेलिरहेकी बालिकालाई उनले उक्त पुलमुनी लगेर जवरजस्ती करणी प्रयास गरेको र बालिकाले प्रतिकार गर्दै चिच्याएपछि स्थानीय घटनास्थलमा पुगेर बालिकाको उद्वार र प्रहरीले जानकारी दिएका थिए।
पक्राउ परेका अरवाजलाई अहिले ईलाका प्रहरी कार्यालय हरिवानको हिरासतमा राखिएको र घटनाका सम्बन्धमा थप अनुसन्धान अघि बढाईएको जील्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।