जाजरकोटमा ‘ब्रेक फेल’ हुँदा जीप दुर्घटना, ५ को मृत्यु २ घाईते

२०८१ मंसिर २७, बिहीबार ०९:०४

सर्लाही – जाजरकोटमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। बुधबार राति जील्लाको नलगाड नगरपालिका-५ कालीमाटीबाट वडानम्बर–३ कटकेतर्फ गइरहेको ग३च ९४४५ नम्बरको बोलेरो जिप दुर्घटना भएको हो।

दुर्घटनामा परि चालकसहित एक बालक रहेका छन्। जसअनुसार दुर्घटनामा परि नलगाड नगरपालिका-३ का ३२ वर्षीय चालक इन्द्रजित थापा, ६५ वर्षीया शिला पुन, ३३ वर्षीया शारदा थापा, १८ वर्षीया लक्ष्मी पुन रोका र उनका छोरा आलोचन रोकाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार बुधबार राति ११ बजे बोलेरो जिप कैना–कड्के सडकअन्तर्गत बिरखोला नजिक ब्रेक फेल भएर दुर्घटनामा परेको हो। जिप सडकबाट करिब ८०० मिटर तल खसेको छ। दुर्घटनामा २ जना घाइते भएका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार