सर्लाही – सर्लाहीको हरिवन नगरपालिका-३, निवासी बिक्की अधिकारीले आफ्ना ५ बर्षीय छोराको जन्म दिन मानव सेवा आश्रममा मनाएका छन्। बुधबार जील्लाको हरिवनस्थित कैलाशपुरी डाँडामा रहेको एक मानव सेवा आश्रममा आफ्ना ५ बर्षीय छोरा रान्सु राय अधिकारीको जन्म दिन मनाएका हुन्।
आफ्ना छोराको यसघिका जन्म दिनहरु पनि बिभिन्न अन्य बृद्वा आश्रम र मानव सेवा आश्रममा मनाएको तथा यस बर्षको जन्म दिन यस मानव सेवा आश्रममा रहेका मानवहरुबिंच सुख, दु:ख एवं सदभाव बाढेर मनाएको बिक्की अधिकारीले बताउनु भयो।
छोराको जन्म दिनको अवसरमा उक्त मानव सेवा आश्रममा पुग्दा आफू भाबुक भएको कुरा सुन्दाउदै जन्म दिनको अवसरमा एक छाक भोजन गराएको तथा मानव सेवा आश्रमलाई रु. १५ हजार नगद सहयोग गरेको पनि उहाँले बताउनु भयो।