सर्लाही – सर्लाहीको गोडैता नगरपालिका – २, जयपुरस्थित श्री जनता आधारभूत बिद्यालयमा अभिभाकहरुले आन्दोलन गरेका छन्। बिबिध कुराहरुलाई लिएर अभिभाबकहरुले बिद्यालयमा आज आन्दोलन गरेका हुन्।
अहिले उक्त बिद्यालयमा बिद्यार्थीहरु र अभिभाकहरुसहितको भिड लागेको छ। उक्त आन्दोलनबाट कुनै क्षति नहोस भनेर प्रहरीहरु पनि बिहानै देखि बिद्यालयमा खटिरहेका छन्। यस बिद्यालयका प्रधानाध्यापक गर्भु महतोका कारण यो बिद्यालय सधै यस्तै लफडामा फस्दै आईरहेको छ।
आज भने अभिभाबक आन्दोलित हुनुको मुख्य कारण केहि दिन अघि बिद्यालयमा एक अन्तरास्ट्रीय संस्थाले केहि सामान (टर्च, म्याट, कम्बल, झोला, खाना बनाउने चुलो) हरुसहित सामानहरु बिद्यार्थीहरुलाई बितरण गर्न दिएको थियो। शोही सामान बितरण गर्ने कार्यमा प्रधानाध्यापक र बिद्यालय ब्यबस्थापन समितिका सदस्यहरुको मिलेमत्तोमा बितरण गरिएको भन्दै अभिभावकहरु आन्दोलित भएका हुन्।
बिद्यार्थीका अनुसार उक्त सामानहरु बिद्यालयमा जति जना बिद्यार्थी अध्यापन गरिरहेको भएपनि प्रति घर एक जनालाई मात्र बितरण गरिएको थियो। भने बचेको सामान जति प्रधानाध्यापक, शिक्षक र बिद्यालय ब्यबस्थापन समितिका सदस्यहरुले राति बिद्यालयबाट चोरेर लगेको बुझिएको छ। राति नै उनीहरुले सामान लिंदै गर्दा स्थानीयले भेटेर भिडियोसमेत बनाएका छन्।
शोही कुरालाई लिएर बिद्यालयमा बिगत दुई हप्तादेखि अध्यन अध्यापन ठप्प रहेको उक्त बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुले बताए। बिद्यालयका प्रधानाध्यापक गर्भु महतो भने आज बिहानै देखि बिद्यालयमा उपस्थित छैनन। बिद्यालय ब्यबस्थापन समितिका चार जना सदस्यलाई भने अभिभाबकहरुले बिद्यालय भित्रै थुनेर तालाबन्दी गरेका छन्।