महोत्तरीमा विद्युत् सर्ट भई आगलागी, १० लाख बढिको क्षति

२०८१ पुष ४, बिहीबार १३:३८

सर्लाही – महोत्तरीको औरही नगरपालिका–१ स्थित औरहीबजारमा विद्युत् सट भई आगलागी हुँदा १० लाख बढीको धनमाल जलेर नष्ट भएको छ ।

महोत्तरी प्रहरिका अनुसार बुधबार राती फूलोदेवी मण्डल र खुर्शिद लहेरीको शृङ्गार सामग्री पसलमा विद्युत् सट भई आगलागी भएको थियो । मण्डलको काठको कठघरा र लहेरीको कच्ची इँटाको पसलमा आगलागी भएको हो ।

आगलागिबाट १० लाख बढिको धनमाल जलेर नष्ट भएको छ भने आगो प्रहरी, स्थानियहरु मिलेर केही घण्टापछि नियन्त्रणमा लिईएको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार