सर्लाही – धनुषामा एक युवकको शव बोरा भित्र सडेको अवस्थामा फेला परेको छ । जील्लाको मिथिला बिहारी नगरपालिका-२ पुरन्डाहास्थित परशुराम तलाउ नजिकै युवकको शव फेला परेको हो ।
प्रहरीका अनुसार आज दिउँसो स्थानियले उक्त ठाउँस्थित पुलमुनी उक्त शव देखेर प्रहरिलाई खबर गरेका थिए । स्थानियको खबरपाएपछी खटिएको प्रहरीको टोलिका अनुसार बोराभित्र अन्दाजी ३० वर्षीय युवकको शव सडेगलेको अवस्थामा फेला परेको हो ।
शवको पहिचान हुन नसकेको तथा घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहितको टोलि बोलाईएको जील्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।