मलङ्गवा – सर्लाहिमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । बिहिबार साँझ पूर्व पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको लालबन्दी नगरपालिका–६, स्थित फुटबल मैदान अगाडि मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको हो ।
जील्ला प्रहरी कार्यालय सर्लाहिका अनुसार लालबन्दीबाट परवानिपुरतर्फ जाँदै गरेको बा ९४ प ९२३४ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा अन्दाजी ५० वर्षका पुरुषको मृत्यु भएको हो । मृतकको पहिचान हुन नसकेको तथा अहिले शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ ।
यस्तै, सोही मोटरसाइकलका चालक लालबन्दी नगरपालिका–१६, परवानिपुरका २१ वर्षीय विनोद कुमार श्रेष्ठ र मोटरसाइकल पछाडि सवार ईश्वरपुर नगरपालिका–१२, घारिबथानका २७ वर्षीय निरज लामा घाइते भएका छन् । घाइते दुवैलाई लालबन्दीमा प्राथमिक उपचार गरी काठमाडौं रेफर गरिएको छ ।