बाजुराको पाण्डवगुफा गाउँपालिका क्षेत्र केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प

२०८१ पुष ६, शनिबार ०५:३७

सर्लाही – बाजुराको पाण्डवगुफा गाउँपालिका क्षेत्र केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज (शनिबार) बिहान ४: १४ बजे जिल्लाको पाण्डवगुफा गाउँपालिका क्षेत्र केन्द्रबिन्दु भएर ५. २ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको धक्का सुदूरपश्चिम र कर्णालीका विभिन्न जिल्लामा महसुस भएको थियो। भूकम्पबाट भएको क्षतिबारे हालसम्म कुनै जानकारी प्राप्त नभएको केन्द्रले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार