महोत्तरीमा डाँका समूहद्वारा एक जना बृद्वको हत्या, गहनासहित एक लाख रुपैयाँ लुटपाट

२०८१ पुष ६, शनिबार ०९:४२

सर्लाही – महोत्तरीमा डाँका समूहद्वारा एक जना बृद्वको हत्या भएको छ। जील्लाको मनरा शिसवा नगरपालिका-४ साढामा आज बिहान ४ बजेको समयमा स्थानीय ७० वर्षीय सुशील झाको हत्या भएको हो।

महोत्तरी प्रहरीका अनुसार ७/८ जनाको सङ्ख्यामा आएको लुटेरा समूहले झाको हत्या गरेर झाको घरबाट मङ्गलसूत्र र औंठी र नगद ८० हजार लुटेर लगेको बताईएको छ। घटना विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार