सर्लाही – जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ ।
फाइनल खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको हो । सुदूरपश्चिम रोयल्सले दिएको १८५ रनको लक्ष्य पछाएको जनकपुर बोल्ट्सले १९.२ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
यस अघि टस जितेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिमले २० ओभरमा ९ विकेट गुमाउदै १८४ रन बनाएको थियो । उपाधि जितेसँगै जनकपुर बोल्ट्सले एक करोड १० लाख पुरस्कार राशी जितेको छ भने उपविजेता बनेको सुदूरपश्चिम रोयल्सले ५१ लाख पाएको छ ।