तेह्रथुममा टिकटक बनाउने क्रममा खोलामा खसेर शिक्षिका र विद्यार्थीको घटनास्थलमै मृत्यु

२०८१ पुष ६, शनिबार १९:२५

सर्लाही – तेह्रथुममा टिकटक बनाउने क्रममा खोलामा खसेर शिक्षिका र विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेमा जिल्लाको मेन्छ्यायेम गाउँपालिकास्थित गौखुरी माविमा नर्स शिक्षिकाको रुपमा कार्यरत रबिना राजवंशी र कक्षा ७ मा अध्ययनरत अन्दाजी १२ वर्षीया सुस्मिता भट्टराई रहेकी छिन।

शनिबारको बिदा पारी साथीहरुसँग शिक्षीका र विद्यार्थी विद्यालयको दक्षिणतर्फ रहेको खोरुङगा खोलामा पौडी खेल्न गएका थिए । सोही खोलामा अपराह्न टिकटक बनाउने क्रममा खोंचमा खसेका दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार