सर्लाही – सर्लाहीमा ढुंगा प्रहार गरेर एक बृद्वाको हत्या भएको छ। जील्लाको लालबन्दी नगरपालिका–१५ तीनतले देउराली बस्ने ६५ वर्षीया विष्णुमाया बम्जनमाथि जील्लाकै ईश्वरपुर नगरपालिका-१२ घारिबथान बस्ने ४८ वर्षीय बीरबहादुर मोक्तानले ढुंगा प्रहार गरेर हत्या हुन्।
गत मंसिर २८ गते राति बिर बहादुरको ढुंगा प्रहारबाट बिष्णुमाया गम्भीर घाइते भएकी थिइन् । गम्भीर घाईते बिष्णुमायाको लालबन्दीस्थित म्याक्स अस्पतालमा उपचार भईरहेको थियो। उपचारकै क्रममा उनको आज (आइतबार) मृत्यु भएको हो।
घटनापछि बिर बहादुरलाई अस्थायी प्रहरी पोष्ट परवानीपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको छ। घटना के, कसरि, के कारण घटेको हो भन्ने कुरा तथा घटनाका सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।