जलेश्वर कारागारमा रहेका एक थुनुवाको मृत्यु

२०८१ पुष ७, आईतवार १५:५३

सर्लाही – महोत्तरीको जलेश्वर कारागारमा रहेका एक थुनुवाको मृत्यु भएको छ । सिन्धुलीको कमलामाई नगरपालिका–७ का ३० वर्षीय निसाज सुनुवारको आज बिहान उक्त कारागारमा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आइतबार बिहान ८ बजे सुनुवारलाई असहज भएपछि जलेश्वर अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो। मृत्युको कारण हृदयघात भएको जलेश्वर अस्पतालले जनाएको छ ।

अहिले मृतकको शव पोस्टमोर्टमका लागि सोहि अस्पतालमा राखिएको र पोस्टमोर्टमपछि उनको शव परिवारलाई जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार