सर्लाही – नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि विजेता जनकपुर बोल्ट्सका समर्थकमाथि खेल मैदान क्षेत्रमै भएको भौतिक आक्रमण तथा नस्लीय, रंगभेदी एउटा समुदायलाई लक्षित होचयाउने र गालि गलौज गर्नेहरुलाई कारवाही गर्न स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले आग्रह गरेका छन्।
आइतबार सामाजिक संजालमार्फत सांसद सिंहले अराजक व्यक्ति र समूहबाट भएको भौतिक आक्रमण र नस्लीय, रंगभेदी खासगरी एउटा समुदायलाई लक्षित होच्याउने र गालि गलौज अत्यन्त आपत्तिजनक, भर्त्सनायोग्य र दण्डनीय रहेको बताएका छन।
उनले लेखेका छन् – ‘नेपाल प्रीमियर लिग को क्रममा Janakpur Bolts का समर्थकहरूमाथि केही अराजक व्यक्ति र समूहबाट भएको भौतिक आक्रमण र नस्लीय,रंगभेदी खासगरी एउटा समुदायलाई लक्षित होचयाउने र गालिगलौज अत्यन्त आपत्तिजनक, भर्त्सनायोग्य र दण्डनीय छ। साथै हाम्रो देशको जातीय, क्षेत्रीय विविधता वीचको एकतालाई खल्बल्याएर आफ्नो कुत्सित स्वार्थ पूर्ति गर्ने भित्री र बाहिरी असमाजिक तत्वहरु माथी तत्काल कडा कर्वाही गर्न सरकार सङ अनुरोध गर्दछु।’