सर्लाही – जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबिच भएको अन्तिम खेल सकिएपछि त्रिवि क्रिकेट मैदान बाहिर सर्लाहीको बलरा नगरपालिका – १०, सुदामाका अमनकुमार सिंहमाथि भएको कुटपिटबारे बलरा नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
बलरा नगरपालिकाका नगर प्रमुख रामा शंकर कुशवाहाले घाईते अमनको स्वास्थ्य लाभ गर्दै घटनामा संग्लग्नलाई कडा कारवाहीको माग गरेका छन्। यसरि उदाउँदो खेलाडीमाथि भएको सांघातिक हमलाले खेल, खेलाडी र खेलप्रेमीहरूलार्ई हतोत्साहित बनाएको उनले उल्लेख गरेका छन्। साथै, घाईते अमनलाई नगरपालिकाले उपचारको लागि ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने बताए।
नेपाल प्रिमियर लिग (एनपिएल) फाइनल म्याचमा जनकपुर बोल्टसको जितलाई खुसियाली मनाउने क्रममा गत शनिवार त्रिभुवन विश्वविद्यालयको गेट नजिकै एउटा समूहले उनीमाथि आक्रमण गरेको थियो। U-19 घरेलु क्रिकेट खेलाडी अमन काठमाडौँस्थित दरबार हाई स्कुलको कक्षा १२ मा अध्ययनरत छन्। आक्रमणबाट उनका दुवै हात र शरीरको विभिन्न भागमा चोट लागेको छ ।