सर्लाहीमा १ बर्षको अवधिमा २०६ मानब अधिकार उल्लंघनका घटना

२०८१ पुष ८, सोमबार १२:३३

गोडैता – सर्लाहीमा १ बर्षको अवधिमा २०६ वटा मानब अधिकार उल्लंघनका घटना घटेको प्रतिबेदन सार्वजनिक भएको छ। जिल्लामा २०८० पुस १७ देखि २०८१ पुस ३ गते सम्मको अबधिमा २०६ मानव अधिकार उलंघनको घटना भएको मानव अधिकार क्षेत्रमा काम गर्ने संस्था इन्सेकले सार्बजनिक गरेको हो ।

सार्वजनिक प्रतिबेदन अनुसार बाल अधिकार अन्तर्गत बलात्कार, यौन दुर्ब्यबहार, महिला अधिकार अन्तर्गत बैबाहिक बलात्कार, बलात्कार र यौन दुर्ब्यबहारका घटनाहरु, जातिय छुवाछूत, बोक्सिको आरोप, कुटपिट, अमानबिय ब्यबहार, गोलि प्रहार, परिवारजनबाट हत्या, अपहरण तथा शरीर बन्धक गरि बलात्कार घरेलु हिंसा आत्महत्या दुरुस्साहन पत्रकार माथि कुटपिट तथा दुर्ब्यबहार गरि कुल २०६ वटा घटनाहरु घटेका छन्।

यी घटनाहरुमध्ये जिल्लामा सबैभन्दा बढी बलात्कार र यौन दुर्ब्यबहारका घटनाहरु घटेका छन्। उक्त प्रतिबेदन आईतबार नेपाल मानब अधिकार बर्ष पुस्तक २०२५ प्रकाशन पुर्व बार्षिक समिक्षा कार्यक्रममा सार्वजनिक गरिएको हो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार