एनपिएल: जनकपुर बोल्टसका समर्थकहरुमाथि आक्रमण गर्ने सुदुरपश्चिमका दुई जना पक्राउ

२०८१ पुष ८, सोमबार १२:४६

सर्लाही – किर्तिपुर प्रहरीले नेपाल प्रिमियर लिग (NPL)को अन्तिम खेलमा जनकपुर बोल्टसका समर्थकहरुमाथि आक्रमण गर्ने दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा डोटीको आदर्श गाउँपालिका-२ घर भई कीर्तिपुर बस्ने २१ बर्षिय अशोक साउद र गणेश साउद रहेका छन्।

शनिबार सम्पन्न सुदुरपश्चिम रोयल्स र जनकपुर बोल्टसबीचको खेलमा जनकपुर बोल्टसको जितपछि सुदुरपश्चिमका समर्थकहरूले विवाद उत्पन्न गर्दै मधेशी समुदायका युवकहरुमाथि आक्रमण गरेका थिए।

उक्त घटनापछि चौतर्फी बिरोध तथा घटनामा संग्लग्नको खोजि गरि कारवाही गर्न माग भईरहेको छ। सोहि क्रममा प्रहरीले घटनामा संग्लग्न दुई जनालाई पक्राउ गरेको र अन्यको खोजि भईरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार