सर्लाहीमा ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

२०८१ पुष ९, मंगलवार ०९:०६

सर्लाही – सर्लाहीमा ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकलका चालक जिल्लाको कविलासी नगरपालिका–७, का १९ वर्षीय चन्दन यादवको रहेका छन्।

हिँजो (सोमबार) साँझ नवलपुर–मलङ्गवा सडक अन्तर्गत जिल्लाको हरिपुर नगरपालिका–३, फरहदवास्थित चिरान मिल अगाडि हरिपुरबाट गैरतर्फ बालुवा बोकेर जाँदै गरेको ज २ त ४५२ नम्वरको ट्याक्टरमा यादवले चलाएको बीआर ०५ एक्यू ८७५९ नम्वरको भारतीय मोटरसाइकल पछाडिबाट ठोक्किएर सवारी दुर्घटना भएको थियो।

दुर्घटनामा घाईते भएका यादवलाई तत्काल उपचारका लागि जिल्ला सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा लगिएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। मृतकको शव अहिले पोस्टमार्टमका लागि सोहि अस्पतालमा राखिएको छ।

दुर्घटनापछि ट्याक्टर चालक फरार भएका र उनको खोजि भईरहेको तथा दुर्घटनामा परेका दुवै सवारी साधन (ट्याक्टर र मोटरसाईकलक) नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार