रास्वपा सर्लाहीको सभापतिमा सरोज बानियाँ चयन

२०८१ पुष १०, बुधबार ०९:५०

सर्लाही – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सर्लाहीको सभापतिमा सरोज बानियाँ चयन भएका छन् । ( हिँजो ) मंगलबार जिल्ला सदरमुकाम मलंगवामा सम्पन्न प्रथम जिल्ला भेलाबाट पार्टीको सर्लाही जिल्ला सभापतिमा बानियाँ निर्बिध निर्वाचित भएका हुन्।

यस्तै, रास्वपा सर्लाही जिल्ला कार्य समितिमा रेखा खड्का उपसभापति, नवीन्द्र भट्टराई सचिव, धनोज चौधरी सहसचिव, दिवानी घिमिरे, रजिया खातुन र जितेन्द्रप्रसाद कुुशवाहा जिल्ला सदस्यमा चयन भएका छन्।

प्रथम जिल्ला भेलामा पार्टीकी नेतृ एवं संघीय सांसद डा. तोसिमा कार्कीसहित पार्टीका केन्द्रिय, प्रदेश तथा स्थानिय नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार