स्याङ्जामा टयाक्टर दुर्घटनामा परि बाराका एक युवकको मृत्यु, दुई जना घाईते

२०८१ पुष १०, बुधबार ११:३५

सर्लाही – स्याङ्जामा टयाक्टर दुर्घटनामा परि बाराका एक युवकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

मंगलबार साँझ करिब ८ बजे स्याङ्जाको कालीगण्डकी गाउँपालिका–३ विर्घा–मिर्मी सडकखण्डमा ट्रली नभएको सिरक–डसना बनाउने मेसिन जोडिएको लु ४ त ७८३१ नम्बरको टयाक्टर दुर्घटना हुँदा बाराको गढीमाई नगरपालिकाका अन्दाजी २२ वर्षीय सब्दुल अन्सारीको मृत्यु भएको छ, भने बारा-कलैया उपमहानगरपालिकाका २४ वर्षीय अर्जुन शाह र बारा गढीमाई नगरपालिकाका २६ वर्षीय सलाम मुदिन मन्सुरी दुर्घटनामा परी घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार घाइते दुबैको टाउका र शरीरका भागमा चोट लागेको छ। उनीहरूको थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रवास, पाल्पा पठाइएको छ। टयाक्टरमा सवार बारा गढीमाई का १४ वर्षीय सिकन्दर यादव भने सकुशल छन्। ट्याक्टर चालक गुल्मी कालीगण्डकी गाउँपालिकाका २६ वर्षीय सन्दीप वि.क. फरार रहेको र उनको खोजतलास भइरहेको प्रहरीको भनाई छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार