सर्लाही – जाजरकोट केन्द्रविन्दु भएर ४.२ म्याग्निच्यूडको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको नायकवाडा आसपास केन्द्र बनाएर बिहीबार बिहान ६ बजेर ३३ मिनेटमा भूकम्प गएको हो। भूकम्प जाजरकोट जिल्ला र आसपासका जिल्लामा समेत महशुस गरिएको छ।
भूकम्पको क्ष्यतिको बिबरण आउँन बाँकी छ। गत बर्ष कार्तिक १७ गतेको भूकम्पले क्ष्यति पुर्याएको घरहरु पूर्ण निर्माणमा सरकार चुकेको छ , अहिले पनि ति घरहरु यथावस्थामा रहेका कारण आजको भूकम्पले क्ष्यती गरेको हुन् सक्ने आकंलन गरिएको छ। यसअघि मंगलबार दार्चुला केन्द्रविन्दु बनाएर ४ म्याग्निच्यूडको भूकम्प गएको थियो।