मलंगवा – सर्लाहीको बसबरिया गाउँपालिका वडा नम्बर – ३, भवानीपुरका वडाध्यक्ष नन्दलाल महतोको उपचारका क्रममा निधन भएको छ। उनि लामो समयदेखि कलेजोको क्यान्सर रोगबाट ग्रसित थिए।
भारतको दिल्लीमा उपचार गराएर घर फर्किएका महतोलाई पुनः स्वास्थ्य समस्या बढ्न थालेपछि एक महिनाअघि भरतपुर लगेर अस्पताल भर्ना गरिएको थियो। सोहि क्रममा उनको सोहि अस्पतालमा बुधबार राति निधन भएको हो।
वडा अध्यक्ष महोतोको निधनमा बसबरिया गाउँपालिकाले आज पालिकाभित्र शोक बिदा दिएको छ। महतो २०७२ र २०७९ सालको निर्वाचनमा लगातार दुई पटक नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्ष पदमा निर्वाचित भएका थिए। २०५४ सालमा तत्कालीन भवानीपुर गाउँ विकास समितिको अध्यक्ष भएका थिए।