मदिराले लठ्ठिएका श्रीमानले गरे श्रीमतीको हत्या, गाडिएको अवस्थामा शव फेला

२०८१ पुष ११, बिहीबार १०:१२

सर्लाही – धनुषामा हत्या गरेर गाडिएको अवस्थामा महिलाको शव फेला परेको छ। जिल्लाको मिथिला नगरपालिका– ३ हरिहरपुरमा बुधबार साँझ ७ बजेतिर करिब ५० वर्षीया रेशमी देवी बिनको शव फेला परेको हो।

धनुषा प्रहरीका अनुसार बिनको हत्या गरि शव आफ्नै घरको शौचालय पछाडि गाडिएको अवस्थामा फेला परेको हो। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार उनको हत्या आफ्नै श्रीमान दशैया मुखिया बिनले गरेको खुलेको छ। घरायसी विवादको क्रममा मदिराले लठ्ठिएका उनले नै हत्या गरी शव गाडेको बताईएको छ।

घटनापछि प्रहरीले हत्या आरोपमा उनका श्रीमानलाई नियन्त्रणमा लिइसकेको छ भने गाडिएको शव निकालेर पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार