जनकपुर बोल्ट्सले मधेसका सबै जिल्लामा विजयोत्सव मनाउने

२०८१ पुष ११, बिहीबार १६:३५

सर्लाही – नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सले मधेसका सबै जिल्लामा विजयोत्सव मनाउने भएको छ।

जनकपुर बोल्ट्सका प्रबन्ध निर्देशक नीरज खतिवडाका अनुसार विजय उत्सव जनकपुरबाट सुरु भएर उत्सव महोत्तरी, सर्लाही, रौतहट, बारा हुँदै पर्साको वीरगञ्जमा पुग्नेछ । वीरगञ्जमा र्‍यालीको आयोजना गरी विजयोत्सव साझा गरिनेछ ।

विजयोत्सव शुक्रबारदेखि धनुषाको जनकपुरबाट सुरु हुने छ। गत पुस ६ गते कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न फाइनल खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै उपाधि जितेको थियो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार