एसइईको आवेदन फाराम खुल्यो (सूचनासहित)

२०८१ पुष १२, शुक्रबार ०९:२३

सर्लाही – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को आवेदन फारम खुलाएको छ।

आज एक सूचना जारी गर्दै कार्यालयले शैक्षिक सत्र २०८१ मा कक्षा १० मा नियमित रूपमा अध्ययनरत विद्यार्थीहरूले (माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक प्रौढ विद्यालय र प्राविधिक धार तर्फका विद्यालयमा अध्ययनरत विद्यार्थीहरू समेत) २०८१ पौष १२ देखि २०८१ माघ १२ गते भित्र प्रति परीक्षार्थी परीक्षा दस्तुर रु पाँच सयसहित आवेदन फाराम भराउन आग्रह गरेको छ ।

आजदेखि माघ १२ गतेसम्म फाराम भर्न सकिने सूचनामा उल्लेख गरिएको छ। तोकिएको समयभित्र फाराम भर्ने व्यवस्था मिलाउन विद्यालयलाई निर्देशन दिँदै बोर्डले आवेदन फाराम नभर्ने विद्यार्थीले एसइई- २०८१ मा सामेल हुन नपाउने जनाएको छ ।

२०७८ र २०७९ सालको नियमित वा ग्रेड वृद्धि परीक्षामा सहभागी भई कुनै विषयमा ‘डी’ वा ‘ई’ ग्रेड प्राप्त परीक्षार्थी वा परीक्षामा अनुपस्थित परीक्षार्थीहरूले ग्रेड वृद्धि गर्न चाहेमा ती विषयमा मात्र परीक्षा आवेदन फाराम भर्नुपर्ने बोर्डले जनाएको छ।

हेर्नुहोस् सूचना:

see2

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार