
गोडैता – सर्लाहीको गोडैतामा ५ दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । गोडैता नगरपालिकाको आयोजना, नेपाल नेत्र ज्योति संघ, भरतपुर आँखा अस्पताल चितवनको प्राबिधिक सहयोग र इजोत नेपाल सर्लाहीको सहकार्यमा शिविर सम्पन्न भएको हो।
पौष ६ गते देखि पौष ११ गतेसम्म आयोजना गरिएको उक्त नि:शुल्क आँखा शिविरमा १४ सय ४९ जनाको आँखा निःशुल्क परीक्षण गरिएको थियो। स्वास्थ्य शाखा गोडैताका प्रमुख प्रमोद पण्डितका अनुसार शिविरमा १४ सय ४९ जनाको आँखा निःशुल्क परीक्षण र औषधि वितरण गरिएको थियो।
जसमध्ये ४१२ जनामा मोतियाबिन्दु फेला परेको थियो। मोतियाबिन्दु फेला परेकाहरुमध्ये ३१४ जनालाई निःशुल्क शल्यक्रिया गरिएको थियो। बाँकी शिविरमा उपस्थित नभएको बताईएको छ। मोतियाबिन्दुको शल्यक्रिया गरिएकाहरुलाई निःशुल्क चस्मा र निःशुल्क औषधीसमेत वितरण गरिएको थियो।
यस्तै बिरामी कुरुवा र बिरामीलाई निशुल्क खाना बस्नको व्यवस्था गरिएको थियो। शिविरको समापनमा शिबिर अवधिभर सहयोग गर्ने बिभिन्न संस्था, व्यक्ति तथा शिविरमा खटिएका स्वास्थ्यकर्मीहरुलाई आयोजकले सम्मान गरेको थियो।